National life

एक सय २६ यात्रु सहित पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
473Shares
एक सय २६ यात्रु सहित पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
ncell

काठमाडौँ। पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले चार्टर उडान गरेको छ।

चीनको छेङ्दुबाट एक सय २६ यात्रु लिएर पोखरा आएको उक्त सिचुवान एयरलाइन्सको जहाज आज बिहान पोखरा विमानस्थलमा अवतरण गरेको हो । भोलिदेखि पोखरामा शुरू हुने इन्टरनेशनल ड्रागनबोट फेष्टिभलमा सहभागी हुन खेलाडीहरूसहित चार्टर जहाज आएको हो । फेवा तालमा शुक्रवार र शनिवार दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस सञ्चालन हुदैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आउँदो १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ। दुई वर्षको अवधिमा अहिलेसम्म ७ वटा चार्टड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए ।

सिचुवानको जहाज पोखरा विमानस्थलबाट काठमाडौँ हुँदै फर्कने छ । जहाज काठमाडौँ आउँदा त्यसमा पोखराबाट व्यवसायी, पत्रकारसहितको टोली काठमाडौँ आएर पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिने कार्यक्रम छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?