National life

एनआईसी एशिया क्यापिटलको 'इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम' नै किन रोज्ने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
481Shares
एनआईसी एशिया क्यापिटलको 'इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम' नै किन रोज्ने ?
ncell

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको नयाँ खुलामुखी म्युचुअल फण्ड योजना ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (ELIS)’ आज (बिहीबार)देखि सर्वसाधारणका लागि खुला भएको छ।

नेपालमा पहिलो पटक यस योजनाले MINI SIP र Systematic Transfer Plan (STP) जस्ता सुविधाहरू समेटेको छ। कम्पनीका अनुसार योजनाबाट संकलित कोषको ठूलो हिस्सा धितोपत्र बजारमा सूचीकृत भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरूमा लगानी गरिनेछ।

योजना अनुसार कुल संकलित रकममध्ये २० देखि ७५ प्रतिशतसम्म रकम प्राथमिक शेयर निष्कासन गरेका वा दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा, अधिकतम १५ प्रतिशत स्थिर आय दिने उपकरणहरूमा र बाँकी १५ प्रतिशत माग तथा अल्प सूचनामा आधारित आय दिने साधनहरूमा लगानी गरिनेछ।

Royal Enfield
nic asia capital
साथै लगानी निर्णय गर्दा कम्पनीको भविष्यको सम्भाव्यता तथा प्रगतिको आधारमा अध्ययन अनुसन्धान गरी मात्र लगानी गरिने बताइएको छ।

किन रोज्ने यो योजना ?

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम विविध विशेषतायुक्त खुलामुखी योजना हो जसलाई अनुभवी तथा प्रमाणित फण्ड व्यवस्थापक एनआईसी एशिया क्यापिटलले सञ्चालन गर्दैछ। यसअघि सञ्चालनमा रहेका म्युचुअल फण्डहरूले नियमित रूपमा सन्तोषजनक प्रतिफल प्रदान गर्दै आएको ट्र्याक रेकर्ड छ।

कम्पनीका अनुसार दीर्घकालीन रूपमा सानो रकम नियमित रूपमा लगानी गर्न चाहनेका लागि यो योजना आकर्षक विकल्प हो। पूँजी बजार विस्तारको क्रममा रहेको वर्तमान अवस्थामा सूचीकृत कम्पनीहरूमा लगानी हुनु सकारात्मक संकेत हो जसले इकाईधनीको सम्पत्तिमा दीर्घकालीन वृद्धिको सम्भावना देखाएको छ।

मुख्य सुविधाहरू :


  • MINI SIP: नेपालमै पहिलोपटक रु. ५०० बाट नियमित लगानीको सुविधा।

  • STP (Systematic Transfer Plan): यस योजनामा गरेको लगानी कम्पनीका अन्य खुलामुखी योजनामा सार्न मिल्ने।

  • SWP (Systematic Withdrawal Plan): एकमुष्ठ लगानी गरी निश्चित समयपछि आवश्यकताअनुसार रकम फिर्ता लिन मिल्ने सुविधा।

  • SIP Booster: लगानी योग्य रकम भएको समयमा थप लगानी गर्न सकिने सुविधा।

  • Salary Vantage: संघसंस्थाले कर्मचारीको तलबबाट सिधा कट्टा गरी इकाई खरिद गरिदिन मिल्ने।

  • Equity Oriented Scheme: बजारमा सूचीकृत कम्पनीहरूमा विस्तृत अध्ययन गरी रणनीतिकरूपमा लगानी।

  • Track Record: विगतका योजनाहरूबाट सन्तोषजनक प्रतिफल दिएको अनुभव।

  • Portfolio Divestment : योजनाको रकम लगानी गर्दा मुद्रा बजार उपकरण तथा धितोपत्र बजारमा लगानीको अवसर हेरी लगानी विविधकरण गरिने हुँदा योजनाको इकाईधनीहरुलाई उचित प्रतिफल प्राप्त गर्न सक्ने ।


  • यो समाचार शेयर गर्नुहोस्
    481SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?