National life

एभरेष्ट कलरको सभा सम्पन्न: आइपीओ निष्कासन प्रस्ताव पारित, ५ जना संचाल चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
509Shares
एभरेष्ट कलरको सभा सम्पन्न: आइपीओ निष्कासन प्रस्ताव पारित, ५ जना संचाल चयन
ncell

काठमाडौँ । शनिवार सम्पन्न भएको एभरेष्ट कलर लिमिडेटको पहिलो साधारण सभाले सर्वसाधारणलाई चुक्ता पुँजीको १५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभाले संस्थापक शेयर धनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको पनि चयन गरेको छ । कम्पनीको अधिकृत पुँजी  ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक शेयर धनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक शेयर धनीका तर्फबाट सञ्चालकमा निर्वाचित गरेको छ । कम्पनीमा सर्वसाधारण शेयर धनीका तर्फबाट १ जना र अर्का १ स्वतन्त्र सञ्चालक समेत ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । निर्वाचित सञ्चालकहरूलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरे ।

कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरू उपलब्ध गराउने नेपाली कम्पनीको रूपमा परिचित रहँदै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?