National life
cg eloctronics

कम बोलकबोल गर्ने बतास ट्रक्टर्सले पायो राष्ट्र बैंकको भल्टको सुरक्षा हेर्ने जिम्मेवारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
540Shares
कम बोलकबोल गर्ने बतास ट्रक्टर्सले पायो राष्ट्र बैंकको भल्टको सुरक्षा हेर्ने जिम्मेवारी
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित निर्माणाधीन भवनको भल्ट र त्यसको सम्बन्धित सुरक्षा प्रणाली व्यवस्थापनको जिम्मेवारी बतास ग्रुपले पाएको छ ।

केन्द्रीय बैंकले आज सोमबार जारी गरेको एक सूचना अनुसार निर्माणाधीन भवनका लागि आवश्यक भल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम खरिद गर्न जारी गरिएको बोलपत्रमा परेको दरखास्तहरूमध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीको रूपमा बतास ट्रक्टर्स प्राली छानिएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ५० लाख १२ हजार रुपैयाँमा बोलकबोल हालेको थियो । बैंकद्वारा जारी सूचनामा भनिएको छ,’यस बैंकको थापाथलीस्थित निर्माणाधीन भवनको भल्ट र सो सँग सम्बन्धित सुरक्षा प्रणाली खरिद गर्न जारी गरिएको बोलपत्रको लागि पेश हुन आएका बोलपत्रहरू मध्ये श्री बतास ट्रक्टर्स प्राली, गैरीधाराले पेश गरेको स्वीकृत गरिएको छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित बोलकबोलहरूमध्ये यो न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र नेपाल राष्ट्र बैंक, खरिद विनियमावली २०७१ (संशोधन समेत) को विनियम ५४ बमोजिम उक्त बोलपत्रदाताको प्रस्ताव स्वीकृत हुने ब्यहोरा केन्द्रीय बैंकले सबैमा जानकारी गराएको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/Heavy-Duty-Racking-System-Bolpatra-.pdf"]

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?