National life

करको दर हेरफेर गरिएको भन्दै माओवादीले माग्यो सरकारसँग जवाफ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
490Shares
करको दर हेरफेर गरिएको भन्दै माओवादीले माग्यो सरकारसँग जवाफ
ncell

काठमाडौँ । करहरूको दर हेरफेर गरिएको भन्दै प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारसँग जवाफ मागेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका सांसद वर्षमान पुनले पहिलो चौमासिकमै करको दर हेरफेर गर्ने के कारण आइलाग्यो भन्दै सरकारको जवाफ माग गरेका हुन् ।

सरकारका तर्फबाट अर्थमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने भनाइ उनले राखे । सदन चलिरहेको बेलामा पहिलो चौमासिकमै सदनलाई जानकारीबिनै करका दर हेरफेर गर्नु अन्तर्राष्ट्रिय करको सिद्धान्त विपरीत भएको भनी उनले सरकारको कदमको विरोध गरे ।

Royal Enfield
nic asia capital

पूर्वअर्थमन्त्री पुनका अनुसार सरकारले सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलाशिता शुल्क हटाएको छ । काँटी, किसमिस, ग्रेप जुसलगायतमा अन्तः शुल्क ३५ प्रतिशत घटाइएको छ । औषधि र प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको १५ प्रतिशत अन्तःशुल्क घटाइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?