National life

कर्मचारीको मिलेमतोमा नभएको कालोपत्रे देखाएर सवा दुई लाख भ्रष्टाचार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
482Shares
कर्मचारीको मिलेमतोमा नभएको कालोपत्रे देखाएर सवा दुई लाख भ्रष्टाचार
ncell

काठमाडौं । आयोगले रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी, सब–इन्जिनियर हर्षलाल चौधरी, रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी, वडा नं.३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नं. ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरी र जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोप्राइटर नानु कुमारी निरौला बस्नेत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले स्थलगत रूपमा नाप जाँच गरी नापी किताबमा वास्तविक परिमाण चढाउने र निर्माण व्यवसायीले पेश गरेको बिल सही छरछैन चेकजाँच गरी कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्नेमा निर्माण स्थलमा नगरेरनगराएको काम भएको भनी प्रतिवेदन बनाएको र झुट्टा बिल भरपाई बनाएको आयोगको अनुसन्धानबाट देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मिलिभगतमा दुई लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसाको झुट्टा बिल बनाई कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी कम्पनीलाई भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोगले रामधुनी नगरपालिकाकाको तत्कालीन उपप्रमुख चौधरी, रामधुनी कै ३ नम्बर वडाका तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीविरुद्ध समेत हुँदै कैद सजाय र जरिवानाको मागदावी गरेको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१० को देहाय ङ) बमोजिमको कसुर गरेकोको आरोपमा न्यौपाने, दाहाल र चौधरी द्वयलाई दुई लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा बिगो कायम गरी जरिवाना र कैद सजायको माग दावी लिएको छ ।

जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोप्राइटर बस्नेतले सरकारी सम्पत्तिमा गैर कानुनी हानि पुर्‍याउने र आफूलाई लाभ पुर्‍याउने बदनियतले सम्झौता विपरीत निर्माण स्थलमा सम्पादन नै नभएको र नापी किताब एवं ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई रकम लिएको भन्दै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?