National life

काठमाडौं नेशनल मेडिकल कलेज आयो सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
1.1kShares
काठमाडौं नेशनल मेडिकल कलेज आयो सञ्चालनमा
ncell

काठमाडौँ । काठमाडौं नेशनल मेडिकल कलेज आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंको घट्टेकुलो, अनामनगरस्थित काठमाडौं नेशनल मेडिकल कलेज आज शुक्रबारदेखि औपचारिकरुपमा संचालनमा आएको हो ।

अस्पतालले सेवा सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै विशेष सेवा योजनाहरू पनि ल्याएको छ ।

अस्पतालको औपचारिक उद्घाटनसँगै ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्न थालिएको छ ।

Royal Enfield
nic asia capital
साथै अन्य सेवामा पनि सुरुवाती चरणमा निश्चित छुट प्रदान गरिनेछ ।

विभिन्न विशेषज्ञ सेवाहरू, जस्तै जेनेरल मेडिसिन, जेनेरल सर्जरी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, बाल रोग, नाक–कान–घाँटी, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, आँखा, नसा, मुटु, किड्नी, मूत्र तथा छाती रोगको उपचार निःशुल्क रूपमा प्रदान गरिनेछ ।

त्यसै गरी, आपतकालीन सेवा (इमर्जेन्सी) २४ घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स–रे, फिजियोथेरापी लगायतका सेवामा विशेष छुट दिइने बताइएको छ । साथै, अस्पताल परिसरभित्रै फार्मेसी सेवा पनि उपलब्ध हुनेछ ।

अस्पतालमा १५ बेडको आइसीयू, १५ बेडको एचडीयू, १५ बेडको नियोनेटल आइसीयू र १६ बेडको इमर्जेन्सी वार्ड तयार भइसकेको छ ।

हाल १७४ बेड क्षमतासहितको संरचना तयार भए पनि, प्रारम्भिक चरणमा १०० बेडको स्वीकृति लिएर सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको सेवा शुभारम्भको अवसरमा बोल्दै कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले बिरामीलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने प्रतिबद्धता जनाएका छन् । उनले यस सुखद अवसरमा सबै नागरिकले सेवाको मौका दिने विश्वास व्यक्त गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?