काठमाडौं । काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई जरिवाना तिराएको छ । महानगरपालिले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हाे ।
बजार अनुगमनको क्रममा काठमाडौं महानगर-१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।
पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले बताए । पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश दिएको उनले बताए ।


































