National life

कामना सेवा विकास बैंकको अधिकांश सूचकमा प्रगति, खुद नाफा १७ करोड बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
624Shares
कामना सेवा विकास बैंकको अधिकांश सूचकमा प्रगति, खुद नाफा १७ करोड बढी
ncell

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय अवस्था बलियो देखिएको छ ।  बैंकले सार्वजनिक गरेको विवरण अनुसार अधिकांश सूचकहरूमा प्रगति देखिएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा पनि बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा समेत ५.६६ प्रतिशत बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको उक्त आम्दानी ४९ करोड ९ लाख १० हजार रुपैयाँ पुगेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको सञ्चालन नाफा ४२.५६ प्रतिशत बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको उक्त नाफा १८ करोड ९५ हजार रुपैयाँ मात्रै थियो ।

यता, बैंकको वितरणयोग्य नाफा पनि २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३.७४ रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ, निक्षेप संकलन २.८५ प्रतिशत वृद्धि भई ६० अर्ब ७५ करोड ५३ लाख रुपैयाँ कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?