National life

कार्तिक महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १८.५७ %ले बढ्यो, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
712Shares
कार्तिक महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १८.५७ %ले बढ्यो, कुनले कति कमाए ?
ncell

काठमाडौँ । निर्जीवन बीमक कम्पनीले चालु आर्थिक वर्षको ४ महिनामा अर्थात् कात्तिकसम्म १४ अर्ब भन्दा बढीको व्यापार गरेको छ ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले कात्तिक मसान्तसम्म ८ लाख ९७ हजार २३५ वटा बीमालेख जारी गरेर १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरूले ६७ हजार ८८७ वटा बीमालेख बिक्री गरेर १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा कम्पनीहरूको व्यापार १०.७४ प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै निर्जीवन बीमा कम्पनीहरूले कात्तिक महिनामा मात्रै २ अर्ब २८ करोड ४८ लाख ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।

बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरूको कात्तिक महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । गत आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा उक्त व्यवसाय १८.५७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको कात्तिकमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ७० करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।

कात्तिक महिनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले ३४ करोड ४ लाख रुपैयाँ आर्जन गरेको हो ।  कम्पनीले आर्जन गरेको बीमा शुल्क निर्जीवन बीमा कम्पनी मध्यकै धेरै हो ।

त्यस्तै, कात्तिकमा सर्वाधिक बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सिद्धार्थ इन्स्योरेन्स छ । कम्पनीले एक महिनाको अवधिमा २९ करोड ६ लाख रुपैयाँको व्यवसाय गर्ने सफल भएको हो ।

यता, कात्तिक महिनामा क्रमशः शिखर इन्स्योरेन्सको व्यवसाय २४.९५ प्रतिशतले बढेर २९ करोड २ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १६.४९ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलको ०.७७ प्रतिशतले बढेर २३ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्टको २४.७० प्रतिशतले बढेर २३ करोड १० लाख रुपैयाँ कायम भएको छ ।

nic asia capital

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/11/beema-pradhikaran.pdf" title="beema pradhikaran"]

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?