काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्तको खुद नाफा १११.६७ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा कालिकाले ३ करोड २१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो ।
खुद ब्याज आम्दानी ४८।७१ प्रतिशतले बढेर २६ करोड ८१ लख ३१ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै सञ्चालन आम्दानी १११.४३ प्रतिशतले बढेर ९ करोड ७० लाख ३७ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७४ पैसाले बढेर २२ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा रहेको छ । खराब कर्जा ५.२७ प्रतिशत रहँदा लघुवित्तको चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ छ ।
































