काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ।
बैंकले असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.८१ प्रतिशत र संस्थागत निक्षेपमा अधिकतम ४.०१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ।
यसअघि भदौ महिनामा व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.०१ प्रतिशत र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर लागू थियो।
नयाँ दरअनुसार, व्यक्तिगत मुद्दती निक्षेपमा ग्राहकले ३–६ महिनाका लागि ३.२१ प्रतिशत, ६ महिना–१ वर्षका लागि ३.४१ प्रतिशत, १–२ वर्षका लागि ३.९१ प्रतिशत र २ वर्ष वा सोभन्दा माथिका लागि ४.८१ प्रतिशत ब्याजदर पाउनेछन्।
यस्तै, कुमारी स्मार्ट एप अन्तर्गत ३–६ महिनाका लागि ३.४१ प्रतिशत, ६ महिना–१ वर्षका लागि ३.६१ प्रतिशत, १–२ वर्षका लागि ४.११ प्रतिशत र २ वर्ष वा सोभन्दा माथिका लागि ५.०१ प्रतिशत ब्याजदर तोकिएको छ।































