National life
cg eloctronics

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
502Shares
कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट
muktinatha bikash bank

काठमाडौं । नेपालीहरुको नयाँ वर्ष २०८१ को शुभ अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप “कुमारी स्मार्ट” मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन् ।

साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा -Loan Against FD_) लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने बैंकले उल्लेख गरेको छ । यस्तो प्रकारको मुद्धती खाता खोल्नको लागी र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ्ग एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।

कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ्ग तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुर्याएको छ ।

everest bank

२०८१ वैशाख महिनाको लागि मुद्धती खाता प्रदान गरिएको ब्याजदर

अवधि स्वयं उपस्थितमा खोलिएका मुद्धतीमा पाइने ब्याजदर कुमारी स्मार्टबाट खोलिएका खातामा पाइने ब्याजदर

३–६ महिना ६.५१% ६.६६%

६ महिना देखि १ वर्ष मुनि ७.००% ७.१५%

१ वर्ष माथि ७.११% ७.२६%

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?