National life

कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून मातहत ल्याउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न रास्वपाकाे माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असोज २०८०, बिहिबार
486Shares
कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून मातहत ल्याउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न रास्वपाकाे माग
ncell

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजारमा व्याप्त मनपरी नियन्त्रण गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून मातहत ल्याउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारसँग जोडदार माग गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले साे माग गरेकाे हाे ।

त्यस्तै दसैं, तिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वको समयमा बजार थप अनियन्त्रित बन्दै गएको भनी सरकारको ध्यानाकर्षण गरेको छ । रास्वपाले महंगीको भार निरन्तर बढिरहेकोले सबैपक्ष सर्तक बन्नुपर्ने निष्कर्ष निकालेको छ ।

Royal Enfield
nic asia capital

‘बजार कब्जा गरेका सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर मूल्यमा एकाधिकार लादिरहेका छन् । उनीहरुकै योजनामा कालोबजारी फस्टाउँदा र पसैले पिच्छे मूल्य फरक हुँदा उपभोक्ता पाइला-पाइलामा ठगिएका छन् तर, बजारमा तीनै तहका सरकारी निकायको उपस्थिति प्रभावकारी छैन । भएको बजार अनुगमन पनि देखावटीमा सीमित छ, रास्वपाले विज्ञप्तिमाफत भनेको छ ।’

सधैं उपभोक्ता मैत्री हुनुपर्ने बजार पर्व विशेषमा थप सहुलियतपूर्ण हुनु पर्नेमा सरकारले त्यससम्बन्धि स्पष्ट नीति, योजना र कार्यक्रम नल्याउादा समस्या भएको रास्वपाको बुझाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?