National life

कृषि विकास बैंकले सम्पन्न गर्यो वितिय साक्षरता कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
496Shares
कृषि विकास बैंकले सम्पन्न गर्यो वितिय साक्षरता कार्यक्रम
ncell

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई Protect your money, protect your future भन्ने नारा सहित Global Money Week को रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

सोही सन्दर्भमा कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने उपस्थित भई कृषि बिकास बैंक लि.गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पुर्बि नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका एघार र बाह्र कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका उपमाहाप्रबन्धकले बित्तीय साक्षरता कार्यक्रम बारे जानकारी गराएका थिए ।

Royal Enfield
nic asia capital

साथै, वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानी जस्ता विषय सम्वन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको समेत उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?