National life

केराको मूल्यमा बिचौलियाको हस्तक्षेप रहेको भन्दै महासंघद्वारा सरकारको ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
969Shares
केराको मूल्यमा बिचौलियाको हस्तक्षेप रहेको भन्दै महासंघद्वारा सरकारको ध्यानाकर्षण
ncell

काठमाडौं । केराको मूल्य धेरै बढेपछि नेपाल केरा उत्पादक महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । केराको मूल्यमा बिचौलियाहरूको अत्यधिक हस्तक्षेप रहेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै किसानले बारीमा पाउने मूल्य र उपभोक्ताले बजारमा तिर्ने मूल्यबीचको ठूलो अन्तरले दुवै पक्ष मारमा परेको जनाएको हो ।

महासंघले बजार अनुगमन प्रभावकारी बनाइ बिचौलिया नियन्त्रण गर्नुपर्ने, यूनतम समर्थन मूल्य निर्धारण गर्नुपर्ने, कृषि बीमा प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउनुपर्ने र गुणस्तरीय टिस्युकल्चर बिरुवा र रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
969SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?