National life

“कोरियन फुड फेस्टिबल-२०२५ ” ललितपुरमा सम्पन्न, कोरियन सेफहरूको पाककला प्रदर्शनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
990Shares
“कोरियन फुड फेस्टिबल-२०२५ ” ललितपुरमा सम्पन्न, कोरियन सेफहरूको पाककला प्रदर्शनी
ncell

ललितपुर । नेपाली भूमिमा कोरियन स्वाद, संस्कृति र आतिथ्यतालाई जीवन्त प्रस्तुत गर्दै K. Food Exhibition–2025 को भव्य आयोजना कोरियन बार्बेक्यु रेस्टुरेन्ट, जावलाखेलमा बुधबार सम्पन्न भयो। “Experience the Taste of Korea in Nepal!” भन्ने नारासहित साँझ ४ बजेदेखि ७ बजेसम्म चलेको कार्यक्रममा कोरियन खानाको विविधता, पाककला र सांस्कृतिक सम्प्रेषणलाई समेटिएको थियो।


उक्त प्रदर्शनीको आयोजनामा प्रमुख भूमिका खेलेका BINOD Corp का अध्यक्ष तथा एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवरले कोरिया–नेपाल मित्रतालाई अझ मजबुत बनाउने अभियानस्वरूप यस्तो नविनतम कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
Royal Enfield
nic asia capital
कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता जनार्दन शर्मा को विशेष उपस्थिति रहेको थियो। शर्मा र कुँवरले एकअर्कालाई खादा ओढाएर कार्यक्रमको औपचारिक उद्घाटन गरे।


कार्यक्रमको मुख्य आकर्षण बने कोरियाबाट आएका अनुभवी शेफहरूको विशेष पाक कौशल प्रदर्शन। स्टिर फ्राई नुडल्स, कोरियन फ्राइड चिकन, किम्ची, कोरियन बार्बेक्यु, सोजु लगायत कोरियन परिकारहरूको स्वाद चाख्न पाउँदा सहभागीहरू अभिभूत देखिन्थे। शेफ Dr. Jheसहितको टिमले कोरियन परिकार तयार पार्ने तरिका, सामग्री र स्वादमा कुनै सम्झौता नगरी आफ्नो कला प्रस्तुत गरे।

कार्यक्रममा सहभागी शेफहरूका अनुसार, “नेपालमा यति धेरै कोरियन खानाको रुचि छ भन्ने अनुभव यो पहिलोपटक भयो। हामीलाई यहाँको आतिथ्यता र चासोले अत्यन्त प्रेरणा दिएको छ।”


 

कार्यक्रममा Korean Food Tasting मात्र होइन, Exhibition of Korean Foods अन्तर्गत कोरियाका प्रख्यात फुड ब्राण्डहरू, सामग्री, र टेक्नोलोजीसमेत प्रदर्शित गरिएको थियो। कोरियन फुड इण्डस्ट्रीको प्रतिनिधित्व गर्दै कोरियन दूतावासका प्रतिनिधिहरू, नेपाली खाद्य व्यवसायी, होटल व्यवसायी, र फुड ब्लगरहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

पूर्व Standard Chartered Bank का कर्मचारी स्टेफेन, जो कोरियामा आफ्नो करियर परिवर्तन गरी शेफ बनेका छन्, उनी पनि कार्यक्रममा प्रमुख पात्रको रूपमा सहभागी थिए। उनको जीवनकथा र कोरियामा हासिल गरेको पाककला अनुभवले कार्यक्रमलाई थप प्रेरणादायी बनायो।

कार्यक्रममा सहभागी दर्शकहरूले कोरियन खानासँगै कोरियन जीवनशैली र संस्कृतिको झलक समेत अनुभव गरे। अनेक स्वाद, मौलिक प्रस्तुति र कोरियन शैलीको आतिथ्यताले कार्यक्रमलाई सांस्कृतिक विनिमयको थलोमा परिणत गर्‍यो।




उक्त कार्यक्रमले कोरियन खानाको व्यापारिक सम्भावना, खाद्य पर्यटन र दुई देशबीचको व्यापारिक एवं सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास आयोजक पक्षले व्यक्त गर्‍यो। अध्यक्ष कुँवरका अनुसार, “नेपालमा कोरियन फुड मार्केटको सम्भावना अत्यन्त उज्ज्वल छ। हामी यस्तो कार्यक्रम भविष्यमा अन्य शहरहरूमा पनि लैजाने योजना बनाइरहेका छौं।”

कार्यक्रमले केवल खानाको स्वाद मात्र होइन, दुई देशबीचको मैत्री, विश्वास र सहकार्यलाई समेत प्रस्तुत गर्‍यो। पूर्वमन्त्री शर्मा, एनआरएनए नेताहरू, कोरियन शेफ र नेपाली व्यवसायीबीचको संवादले नेपाल–कोरिया सम्बन्धमा पब्लिक डिप्लोमेसी को सशक्त उदाहरण पेश गर्‍यो।

कार्यक्रमका समापनमा अध्यक्ष कुँवरले सबै सहभागी र कोरियाबाट आएका अतिथिहरूप्रति आभार प्रकट गर्दै भने, “नेपाल र कोरियाबीचको सम्बन्ध केवल श्रमिक आप्रवासन र व्यापारमा मात्र सीमित हुनु हुँदैन। संस्कृति, खानपान र सौहार्दपूर्ण सहकार्यमार्फत पनि हामी आपसी सम्बन्धलाई अझ घनिष्ठ बनाउन सक्छौं।”

यो समाचार शेयर गर्नुहोस्
990SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?