National life

 क्रिष्टल फाइनान्सले निक्षेपकर्तालाई भन्यो:प्रमाणसहित पैसा फिर्ता लिन आउनुहोस् 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
522Shares
 क्रिष्टल फाइनान्सले निक्षेपकर्तालाई भन्यो:प्रमाणसहित पैसा फिर्ता लिन आउनुहोस् 
ncell

काठमाडौँ। खारेज भइसकेको क्रिष्ट फाइनान्सले व्यक्तिगत निक्षेपकर्तालाई पैसा फिर्ता लिन बोलाएको छ।

उच्च अदालत पाटनको आदेशअनुसार स्थापित लिक्विडेटरको कार्यालयले केही निक्षेपकर्ताहरुले पैसा फिर्ता लिन आउन सूचना जारी गरेको हो। निक्षेपकर्ताको निक्षेप रकम सुरक्षित रहेकोले प्रमाणसहित स्वयं उपस्थित भई आफ्नो निक्षेप भुक्तानी लिन आउन सूचनामा आग्रह गरिएको छ।

संस्थागत निक्षेपकर्ताहरुलाई असुलीका आधारमा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार समानुपातिक हिसाबले निक्षेप भुक्तानी गर्दै आइरहेको पनि सूचनामा जानकारी गराइएको छ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकले २०६९ सालमै समस्याग्रस्त घोषणा गरेको यस फाइनान्सलाई राष्ट्र बैंकले २०७७ भदौमा क्रिष्टल फाइनान्सको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको थियो। राष्ट्र बैंकले २०५८ फागुनमा दिएको क्रिष्टल फाइनान्सलाई लाइसेन्स दिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?