National life

खराब कर्जा व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
625Shares
खराब कर्जा व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गरिने
ncell

काठमाडौँ । सरकारले खराब कर्जा व्यवस्थापनका लागि छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रम शुक्रबार संयुक्त सदनमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न लागिएको बताए।

‘धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शिता वृद्धि गरिने छ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने छ । सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिने छ ।’

Royal Enfield
nic asia capital

नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?