National life
cg eloctronics

गभर्नर नियुक्ति प्रक्रियामा अर्बाैँको चलखेल : डा वाग्ले

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२७ वैशाख २०८२, शनिबार
1.1kShares
गभर्नर नियुक्ति प्रक्रियामा अर्बाैँको चलखेल : डा वाग्ले
ncell

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गर्भनर नियुक्ति प्रक्रियामा चलखेल सुरु भएको आरोप लगाएका छन् । सरकारमा रहेका दुई ठूला दलबीच कुन पक्षका बिचौलियाबाट गभर्नर नियुक्त गर्ने भन्ने होडबाजी सुरु भएको उनको भनाइ थियो ।

पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा शनिबार सञ्चारकर्मीसँग बोल्दै उनले गर्भनर नियुक्तिमा अर्बाैँको चलखेल सुरु भएको र त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताए । "दुई ठूला दलले गर्भनर नियुक्ति गर्ने भए त भइसक्थ्यो । यहाँ त ती दल सञ्चालन गर्ने बिचौलियाले कसलाई नियुक्ति गर्ने भनेर हानथाप छ", उनले भने, "नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाखर भट्ट भइसक्थे । उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन् । उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गर्भनर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो ।"

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=tuzYiPzVTHk&t=507s

वित्तीय अनुशासन ध्वस्त पार्न लागेका कांग्रेस र एमाले बिचौलियाको इसारामा अक्षम गर्भनर ल्याउन उद्यत रहेको वाग्लेले आरोप लगाए ।

"आज मैले र शेरबहादुर देउवाले पाउने तलब मासिक ६६ हजार नै हो । आज देउवा र ओली कुनै जिल्ला जानुपर्‍यो भने गाडीका लावालस्कर, कार्यकर्तालाई गराइने खानपिन र रवाफमा कम्तीमा एक दिनमा ७/८ लाख खर्च हुन्छ । त्यो पैसा कहाँबाट जुटाउँछन् रु भ्रष्टीकरणका लागि त पैसा उठाउनुपर्‍यो", वाग्लेले भने, "देउवा र ओलीले कहिल्यै किन सत्ता छाड्दैनन् भने भ्रष्टीकरण गरेर कमाएको अकूत सम्पत्तिको छानबिन हुनै नसकोस् भनेर हो ।"

मुख्य नेताकै सेटिङमा अख्तियार, प्रहरी र कर्मचारी र अलिअलि अदालत पनि ध्वस्त बनेको उनले तर्क गरे । दुई ठूला दल मिलेर सरकार सञ्चालन गर्ने घटना संसारमै बिरलै देखिने गरेको उनको भनाइ थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?