National life

गरिमा विकास बैंकले ल्यायाे डेबिट र क्रेडिट कार्डमा २० प्रतिशत क्यास ब्याक योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
523Shares
गरिमा विकास बैंकले ल्यायाे डेबिट र क्रेडिट कार्डमा २० प्रतिशत क्यास ब्याक योजना
ncell

काठमाडौँ । दसैँलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको दसैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?