National life
cg eloctronics

ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्ज हाइड्रोपावरको बहुमत शेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
1.4kShares
ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्ज हाइड्रोपावरको बहुमत शेयर
muktinatha bikash bank

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको बहुमत शेयर खरिद गरेको छ । ग्रीन भेन्चर्सले हाइड्रोपावरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने सम्बन्धमा भदौ १० मा शेयर खरिद सम्झौता सम्पन्न गरेको जनाएको छ।

कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त कालीगण्डकी गर्ज हाइड्रोपावर प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गत फागुन २२ गते लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावरबिच लगानी सम्झौता भएको थियो। सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ ।

कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुण २७, २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुन १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको मुख्य प्रवर्द्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका थिए। अब ग्रीन भेन्चर्सले बहुमत शेयर खरिद गरेको हो । ग्रीन भेन्चर्स पनि संघई ग्रुप र विशाल ग्रुपद्वारा प्रबर्दित कम्पनी हो ।

everest bank

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स प्रतिबद्धता ९ अर्ब रुपैयाँ रहेको छ भने सह–अगुवा बैंकहरूको रूपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ । हिमालयन बैंकको ३ अर्ब रुपैयाँ, नेपाल एस.बि.आइ. बैंकको ३ अर्ब रुपैयाँ र एभरेष्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ समेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ ।

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रूपमा रहने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?