National life
cg eloctronics

चाडपर्वको अवसरमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले ल्यायाे छुट अफर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
725Shares
चाडपर्वको अवसरमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले ल्यायाे छुट अफर
muktinatha bikash bank

काठमाडाैं । नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुटसहितका योजनाहरु सार्वजनिक गरेको छ ।

कम्पनीले यस्ता खाताहरुको सहज पहुँच र सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निस्कासनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने बताएको छ ।

जसअनुसार डिम्याट खाता नि: शुल्क खोलिने छ भने एक वर्षसम्मको डिम्याट तथा मेरो सेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, नि: शुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो सेयरको नविकरणमा ३७.६३ प्रतिशत छुट दिने बताएको छ ।

परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा, १ जनाको नि : शुल्क हुने छ भने ३३.३३ प्रतिशत छुट दिइने छ।

everest bank

यस्तै नि: शुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो सेयरको नविकरणमा ३५.५५ प्रतिशत छुट दिइने छ। यसैगरी, नि:शुल्क डिम्याट खाता खोली आजिवन नविकरण गरेमा ८०.१४ प्रतिशत छुट दिइने कम्पनीले बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?