National life

चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने प्रक्षेपण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
460Shares
चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने प्रक्षेपण
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धि दर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ ।

कार्यालयले बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।

चालु आवको चैतसम्मको तथ्यांक र बाँकी अवधिका लागि तथ्यांकीय विधि अनुसार यस्तो प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ ।

Royal Enfield
nic asia capital
चालु आवको बाँकी अवधिमा अर्थतन्त्रमा कुनै झट्का नलाग्ने अनुमान कार्यालयको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको छ ।

कार्यालयका अनुसार आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो भने आव २०७९/८० मा १.९८ प्रतिशत थियो ।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?