National life

चालु आवको पहिलो महिनामा सरकारको राजस्व संकलनमा गिरावट, वार्षिक लक्ष्यको ६.०९ % संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ भदौ २०८२, बुधबार
475Shares
चालु आवको पहिलो महिनामा सरकारको राजस्व संकलनमा गिरावट, वार्षिक लक्ष्यको ६.०९ % संकलन
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा राजस्व संकलन कमी आएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार एक महिनामा ८५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको राजस्व संकलनको तुलनामा ७ अर्ब ९२ करोड कम राजस्व संकलन भएको हो । महालेखाका अनुसार गत साउनमा ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

Royal Enfield
nic asia capital

सरकारले चालू आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा साउन मसान्तसम्ममा कर राजस्वबाट ८० अर्ब ६७ करोड ७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ६.०९ प्रतिशत मात्रै संकलन गरेको छ ।

गैर कर राजस्वबाट ३ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २.४६ प्रतिशत संकलन भएको विवरणमा उल्लेख गरिएको छ। यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख रुपैयाँ र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

यस वर्ष कर राजस्व १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ, गैर कर राजस्व १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ गैर कर राजस्व र वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ संकलन गर्ने सरकारको लक्ष्य रहेको छ।

यस अवधिमा सबैभन्दा कम पुँजीगत शीर्षकमा खर्च भएको छ । पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा ०.१८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ।

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?