National life

चैत्रसम्म ७ सय ५३ बैंकिङ कसुरका उजुरी: २० प्रतिशत आपसी मेलमिलाप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
429Shares
चैत्रसम्म ७ सय ५३ बैंकिङ कसुरका उजुरी: २० प्रतिशत आपसी मेलमिलाप
ncell

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको चैत्रसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् ।

कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मंसिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो। चालु आवमा परेका निवेदनमध्ये एक सय ६५ मुद्दा दर्ता भइसकेको जानकारी दिए । शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताए ।

Royal Enfield
nic asia capital

उनले भने, ‘करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।’निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताए। छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उनको भनाइ छ।

कार्कीका अनुसार यस शाखामा ५० हजारदेखि एक करोड रुपैयाँसम्मका उजुरीहरु आएका छन् । नौ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?