काठमाडौं। बैंकहरुको आधार दर (बेस रेट) चैत महिनामा पनि घटेको छ । वााणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार ०.०४ देखि ०.५४ प्रतिशतको विन्दुसम्म बीमा कम्पनीहरुले बेस रेट घटाएका हुन्।
अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो ।
वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) ०.२१ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनाको तुलनामा चैतमा औसतमा आधार दर घटेको हो । चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०५ प्रतिशत कायम भएको छ । यसअघि फागुनमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ९.३४ प्रतिशत थियो ।
यस अवधिमा २ बैंकबाहेक अरु सबै बैंकको आधार दर एकल अंकमा आएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर जम्मा ७.५२ प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.६२ प्रतिशत छ । अरु १६ बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ ।
ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार भनेको बेस रेट (आधार दर) हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो । राष्ट्र बैंकको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने ब्याज, बैंकका कर्मचारीको तलब भत्ता, बैंक सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैंकहरुले ब्याजदर निर्धारण गर्छन्
































