National life

चौथो त्रैमाससम्म युनिलिभर नेपालको खुद नाफा १ अर्ब बढी, आम्दानीमा भने गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
502Shares
चौथो त्रैमाससम्म युनिलिभर नेपालको खुद नाफा १ अर्ब बढी, आम्दानीमा भने गिरावट
ncell

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको बित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७.६२ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको आम्दानी भने २.८४ प्रतिशतले घटेको छ।

कम्पनीको कुल खर्च पनि ५.८० प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६ अर्ब ४३ करोड रुपैयाँ रहेको कम्पनीको खर्च घटेर ६ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको रिटेन्ट अर्निङ ११.८२ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म ८ अर्ब ४८ करोड आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने ८ अर्ब २३ करोड आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी भने बढेको छ । कम्पनीले २४ करोड ७ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवसम्ममा भने कम्पनीले १९ करोड ३६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।

१ अर्ब ३ करोड रुपैयाँबराबरको नगद मौज्दात रहेको कम्पनीले मुद्दती निक्षेपमा २ अर्ब १८ करोड लगानी गरेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ४२ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

nic asia capital
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिकीकरण गरिएको) २ हजार १४४ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको ईपीएस १ हजार ९८८ रुपैयाँ थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?