काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको नाफा र आम्दानी दुवै घटेको छ।
कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४.६३ प्रतिशतले कम हो। कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको आम्दानीमा ३.०५ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ अर्ब ३५ करोड आम्दानी गरेको कम्पनीले चालु आवको यस अवधिसम्ममा २ अर्ब २८ करोड मात्रै आम्दानी गरेको छ।
कम्पनीको कुल खर्च पनि २.५१ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ६७ करोड रुपैयाँ रहेको कम्पनीको खर्च घटेर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको रिटेन्ट अर्निङ ९.५४ प्रतिशतले बढेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी २०९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ र रिटेन्ड अर्निङको आकार ५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ ।


































