National life

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा २१.५९ प्रतिशतको बढोत्तरी, सबै सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
609Shares
हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा २१.५९ प्रतिशतको बढोत्तरी, सबै सूचकमा प्रगति
ncell

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको बित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार नाफा र बीमाशुल्क आर्जन दुवै बढेको छ ।

कम्पनीको खुद नाफामा २१.५९ प्रतिशतको बढोत्तरी आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५२ करोड १२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले समीक्षा अवधिसम्म १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १४ अर्ब ५७ करोडको तुलनामा ११.०९ प्रतिशतले धेरै हो । त्यस्तै कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ८ करोड १७ लाख ,लगानी तथा कर्जा आम्दानी ५ अर्ब ६० करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ८० करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

चौथो त्रैमाससम्म कम्पनीको खर्च १२.७२ प्रतिशतले बढेर २२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४३ करोड ४८ लाख र रिटेन्ड अर्निङ १ अर्ब ४२ करोड रुपैयाँबराबर रहेको छ। कम्पनीको चुक्तापूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ४१ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी २० अर्ब ८ करोड रुपैयाँ रहेको थियो । चौथो त्रैमाससम्म कम्पनीले १८ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३९ प्रतिशतले धेरै हो।

nic asia capital
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । कम्पनीको ईपीएस ६.५० रुपैयाँबाट बढेर ७.९० रुपैयाँ कायम भएको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.२९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६६.२६ रुपैयाँ, पीई रेसियो ४९.४७ गुणा कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?