काठमाडौँ । जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसनमा मोटो रकम खर्चिएको छ । एक वर्षको अवधिमा कम्पनीहरूको अभिकर्ता कमिसनमा मात्रै १३ अर्ब बढी खर्चिएका छन् । यो खर्च साढे ५ प्रतिशतले बढेको हो ।
१४ वटा ठुला जीवन बीमा कम्पनीहरूले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त रकम अभिकर्ता कमिसनमा खर्चिएको देखिएको छ ।
अभिकर्ता कमिसन खर्च बढाउनेमा सबैभन्दा धेरै प्रभु महालक्ष्मीले रहेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ७२.५५ प्रतिशत बढार ४८ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ भने दोस्रो स्थानमा सानिमा रिलायन्स रहेको छ । कम्पनीले ४९.८८ प्रतिशत कमिसन बढाएको छ । अघिल्लो आवमा ४३ करोड ५७ लाख रुपैयाँ खर्चिएको कम्पनीले गत आवमा भने ६५ करोड ३१ लाख रुपैयाँ अभिकर्ताका लागि खर्चिएको तथ्यांकमा उल्लेख छ ।
यता, रकमका आधारमा भने सबैभन्दा धेरै खर्च नेपाल लाइफको ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ छ १ अर्ब ८३ करोड ३० लाख बढी रकम खर्चिएको नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ । गत आवमा अभिकर्ताका लागि अर्ब बढी खर्च गर्नेको सूचीमा एलआइसी नेपाल ९ १ अर्ब ३९ करोड ४१ लाख०, हिमालयन लाइफ ९ १ अर्ब ३८ करोड ५४ लाख०रहेका छन् ।
गत आवमा सिटिजन लाइफको यस्तो खर्च १०.२ प्रतिशत, सन नेपालको ५.८६ प्रतिशत, रिलायवल नेपालको ४.३४ प्रतिशत, एनआइसीको २.८७ प्रतिशत, हिमालयनको २.१९ प्रतिशत र आइएमई लाइफको ०.९ प्रतिशत घटेको देखिन्छ ।
विस्तृतमा हेर्नुहोस्






































