National life

जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जनमा ६.२३ % ले वृद्धि,हेरौँ कसको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
511Shares
जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जनमा ६.२३ % ले वृद्धि,हेरौँ कसको कति ?
ncell

काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जनमा ६.२३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको जेठको तुलनामा यस वर्ष जेठमा प्रथम बीमाशुल्क आर्जन उक्त अंक बराबरले वृद्धि हुन आएको नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ ।

गत आवको जेठ महिनामा मात्रै कम्पनीहरूले २५ अर्ब ९५ करोड रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरेकोमा चालु आर्थिक वर्षको जेठसम्ममा २७ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तथ्याङ्क अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ६ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सोही आधारमा नेशनल लाइफ ईन्सोरेन्स दोस्रो स्थानमा रहेको छ । उत्क्त कम्पनीले चार अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, क्रमशः एलआइसी नेपालले दुई अर्ब ६ करोड , हिमालयन नेपालले दूई अर्ब चार करोड, सूर्य ज्योति लाइफले दुई अर्ब एक करोड, सिटिजन लाइफले एक अर्ब ६० करोड, एशियन लाइफले एक अर्ब ५२ करोड, सानिमा रिलायन्स लाइफले एक अर्ब ५२ करोड, सन नेपाल लाइफले एक अर्ब ३२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तैगरी , आइएमई लाइफले एक अर्ब ३१ करोड, रिलायबल नेपालले एक अर्ब २५ करोड, मेट लाइफले एक अर्ब १५ करोड, प्रभु महालक्ष्मी लाइफले ८२ करोड ५६ लाख र राष्ट्रिय बीमा कम्पनीले ५० करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

बृद्धिदरको आधारमा सबैभन्दा धेरै नेशनल लाइफको रहेको देखिएको छ । सो कम्पनीले गत वर्षको जेठको तुलनामा २९.०५ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, नेपाल लाइफको २१.७६ प्रतिशतले वृद्धि भएको छ । एशियन लाइफले २१.८८ प्रतिशतको वृद्धि हासिल गर्दा आइएमई लाइफले १०.८९, हिमालयन लाइफले ४.१३ प्रतिशतले वृद्धि भएको छ ।

nic asia capital

उता, प्रथम बीमा शुल्क घट्ने कम्पनीको सूचिमा राष्ट्रिय जीवन बीमा कम्पनी परेको छ । सो कम्पनीको प्रथम बीमा शुल्क ४३.९८ प्रतिशतले भएको छ । त्यस्तै, सूर्य ज्योति लाइफको १०.४३ प्रतिशत, सन नेपाल लाइफको १६.२३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १५.३७ प्रतिशत ऋणात्मक देखिएको छ ।

 यस अवधिमा कुन  बीमा कम्पनीले कति  बीमाशुल्क आर्जन गरे हेर्नुहोस्  विस्तृत तालिका 

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?