National life

जीवन बीमा कम्पनीहरुको शेयरमा ह्वात्तै बढ्यो लगानी, शेयरमा मात्रै १ खर्ब १३ अर्ब

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
458Shares
जीवन बीमा कम्पनीहरुको शेयरमा ह्वात्तै बढ्यो लगानी, शेयरमा मात्रै १ खर्ब १३ अर्ब
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको असोजसम्म १४ वटा जीवन बीमकहरुले विभिन्न क्षेत्रमा ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार शेयरमा मात्रै १ खर्ब १३ अर्ब ५९ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमकहरुले विभिन्न क्षेत्रमा ६ खर्ब १२ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ लगानी गरेका थिए। उक्त समयमा शेयरमा मात्रै ८४ अर्ब ७१ करोड २६ लाख रुपैयाँ लगानी थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी चालु आर्थिक वर्षको असोजसम्म कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५१ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष असोजसम्म कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ४२ अर्ब ४७ करोड १८ लाख रुपैयाँ लगानी गरेका थिए।

यस अवधिसम्म जीवन बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २४ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन्। जीवन बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा २० अर्ब ३९ करोड ८३ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?