National life

जेनजी आन्दोलनको प्रभाव : हिमालयन बैंक बत्तीसपुतली शाखाको लकर सेवा अब कमलादीबाट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.1kShares
जेनजी आन्दोलनको प्रभाव : हिमालयन बैंक बत्तीसपुतली शाखाको लकर सेवा अब कमलादीबाट
ncell

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण हिमालयन बैंकको बत्तीसपुतली शाखा प्रभावित भएपछि त्यहाँको लकर सेवा अब कमलादीस्थित केन्द्रीय कार्यालयमार्फत उपलब्ध हुने भएको छ।

भदौ २४ गतेको घटनामा शाखा कार्यालयमा ठूलो क्षति पुगेपछि सम्पूर्ण लकरहरू सुरक्षित रूपमा केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार बत्तीसपुतली शाखामा लकर प्रयोग गर्दै आएका ग्राहकहरूले अबदेखि कमलादीस्थित कार्यालयमै यो सेवा लिनुपर्नेछ।

यस्तै, दैनिक बैंकिङ कारोबारका लागि नजिकैका अन्य शाखाहरू प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ भने बत्तीसपुतली शाखासँग सम्बन्धित सम्पूर्ण ऋण कारोबार दरबारमार्गको हिटी दरबार शाखाबाट निरन्तरता दिने बैंकले जनाएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?