National life

जेनजी आन्दोलनमा निजी क्षेत्रलाई ८० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति, पुनर्निर्माण र राहत माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८२, आइतबार
407Shares
जेनजी आन्दोलनमा निजी क्षेत्रलाई ८० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति, पुनर्निर्माण र राहत माग
ncell

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको प्रारम्भिक अनुमान नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतवार भएको छलफलमा हालसम्म संकलन भएका तथ्यांक र सूचनाका आधारमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन्।

अध्यक्ष ढकालले देशैभरको क्षति विवरण संकलन भइरहे पनि ठूलो क्षति भएका उद्योग र राजधानी बाहिरका साना व्यवसायको विवरण अझै आउन बाँकी रहेको, केही दोहोरो विवरण पनि भेटिएको  जनाएका छन् । छलफलमा अध्यक्ष ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको बताएका छन्।

उनले भने, “हामी पनि सम्हालिँदै र सरकारलाई सघाउँदै सहकार्य गर्न तयार छौं।” आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले देशमा निजी क्षेत्रको महत्त्व नबुझिएको देखाएको ढकालको भनाइ छ।

Royal Enfield
nic asia capital
महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत रहेको छ। त्यसैले निजी क्षेत्रको सुरक्षा र विश्वास कायम राख्न सरकारसँग निरन्तर संवाद र सहकार्य आवश्यक रहेको ढकालले जोड दिएका छन्।

युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठ र तोडफोडले निजी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको र दोषीमाथि कारवाही हुनुपर्ने महासंघको माग छ। कारवाही नहुँदा दण्डहीनता सिर्जना हुने र लगानी निरुत्साहित हुने सम्भावना रहेको बताए। छलफलमा अध्यक्ष ढकालले प्रभावित व्यवसायीका लागि कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण, आयकरमा छुट, ब्याज सहुलियत, र नयाँ संरचना निर्माणका लागि आवश्यक सामानमा भन्सार शुल्कमा छूट प्रदान गर्न पनि आग्रह गरेका छन्।

महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पुनर्निर्माणमा प्रयोग गर्न सकिने र त्यसलाई खर्चको रूपमा देखाउन पाउने व्यवस्था पनि आवश्यक रहेको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ। त्यसैगरी, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जाको व्यवस्था, बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग, र चालु पूँजीकर्जा मार्गदर्शनमा कम्तीमा दुई वर्षको स्थगन र ब्याज अनुदान उपलब्ध गराउने माग महासंघले राखेको छ।

यो समाचार शेयर गर्नुहोस्
407SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?