National life

"जेनजी आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का, सरकारले सुरक्षा ग्यारेन्टी दिनुपर्छ"

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
435Shares
"जेनजी आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का, सरकारले सुरक्षा ग्यारेन्टी दिनुपर्छ"
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा ढकालले सार्वजनिक र निजी क्षेत्रका संरचनामा परेको ठूलो क्षतिबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

ढकालले भने, “जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गरेको छ। आन्दोलनपछि हामीले सरकारसँग सम्वाद गरेका छौं र सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।

Royal Enfield
nic asia capital
अहिले हामी अघि बढ्ने प्रयास त गरिरहेका छौं, तर फेरि यस्तै विध्वंश नहोस् भन्ने के ग्यारेन्टी छरु सरकारले हामीलाई सुरक्षा ग्यारेन्टी दिनुपर्छ।”

अर्थतन्त्रको वृद्धिदरलाई निरन्तरता दिन नसकेकोमा पनि ढकालले चिन्ता व्यक्त गरे। “हामीले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि खर्च गरेका छौं। सरकारले हामीलाई विश्वास दिलाउनुपर्छ। अहिले हामी लडिरहेको अवस्थामा छौं," उनले थप्दै भने, "अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरू ल्याउनुपर्छ। निजी क्षेत्र पनि मर्यादित भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।”

यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?