काठमाडौँ । जेनजी प्रदर्शनको अव्यवस्थाको मौका लिएर लुटेराहरूले नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरी रकम लुटपाट गरेका छन्।
ललितपुरको बंगलामुखी बस्ने ३७ वर्षीय सुरेश देउलाले सो घटनाको भिडियो खिच्दै गर्दा लुटेरामध्ये एकजनाले उनलाई पैसाको बिटो फ्याँके। ‘ल, यही चाहिएको होइनरु’ भन्दै फ्याँकिएको उक्त रकम जम्मा ५ लाख १० हजार ५ सय रुपैयाँ थियो।
देउलाले रकम आफूले राखेर नबस्ने निर्णय गर्दै जिल्ला प्रहरी परिसर ललितपुरमा गएर प्रहरीलाई बुझाएका छन्।
प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार रकम बुझाउने व्यक्तिको कदम सराहनीय छ।
यसबीच, बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरी अनुसन्धानका लागि प्रहरीले जिम्मा लिएको जनाएको छ।


































