काठमाडौँ । प्रदर्शनका क्रममा गरिएको आगजनी र तोडफोडले मुलुकभर निजी व्यावसायिक प्रतिष्ठानमा ठूलो क्षति पुर्याएपछि १३ हजारभन्दा बढी रोजगारी प्रभावित भएको पाइएको छ । प्रभावित क्षेत्रमा होटल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरि र मौलाकालिका केबलकार लगायत संस्थाहरू छन्।
सरकार र सरोकारवालाका अनुसार आन्दोलनका क्रममा उद्योग, व्यापारिक मल र अन्य व्यावसायिक संस्थामा क्षति पुगेकोले प्रत्यक्ष रोजगारी प्रभावित हुने संख्या अझ बढ्न सक्ने छ। यद्यपि व्यवसायिक घरानाले तत्काल आफ्ना कर्मचारीलाई नहटाउने जनाएको छ।

मुलुकभर भाटभटेनी सुपरमार्केटका २८ शाखामा करिब १० हजार कर्मचारी कार्यरत छन्। आन्दोलनका क्रममा २१ शाखामा क्षति पुगेको छ — ९ शाखा सञ्चालनमा आइसकेका छन् भने १२ शाखा पूर्ण रूपमा ध्वस्त छन्। यस कारण करिब ५ हजार रोजगारी प्रभावित भएको अनुमान छ। तर सुपरमार्केटले सबै कर्मचारीलाई अन्य शाखामा कार्यरत गराउने जनाएको छ।
होटल संघ नेपाल ९हान०का अनुसार होटल तथा आतिथ्य क्षेत्रमा दुई हजार हाराहारी रोजगारी प्रभावित भएको छ। करिब २५ होटलले आन्दोलनका कारण क्षति खेप्नुपरेको छ।
https://aarthikvoice.com/archives/73224
सीजी होल्डिङ्स, सीडी इलेक्ट्रोनिक्स, सीजी अटोमोबाइल्स, केटीएम सीटीलगायतमा करिब ५ हजारले प्रत्यक्ष रोजगारी पाउँछन्। चन्द्रागिरि र मौलाकालिका केबलकारमा तोडफोड हुँदा करिब ६ सय रोजगारी प्रभावित भएको बताइएको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा पनि क्षति पुगेको छ। देशभर ६८ शाखा र ६९ एटीएममा तोडफोड र आगजनी भएको छ। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलका अनुसार यद्यपि क्षति पुगेको छ, मानवीय क्षति वा नगद चोरीको घटना छैन।
प्रदर्शनकारीहरूले आधा दर्जनभन्दा बढी शैक्षिक संस्था, निजी आवास र अन्य व्यवसायिक संरचनामा पनि तोडफोड तथा आगजनी गरेका छन्। यसले त्यहाँ कार्यरत कर्मचारीको रोजगारी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।


































