काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक ३.४४ अङ्कले घट्दै २६२०.३९ मा कायम भएको छ । आइतबार कुल ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरका २ लाख १९ हजार ५ सयभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कुल ३२२ वटा कम्पनीका शेयरहरु किनबेच भएका थिए ।
उपसूचकहरूको दृष्टिले बैंकिङ, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसूचकमा हरियाली देखिएको छ। यद्यपि, विकास बैंक, फाइनान्स र लगानी उपसूचकमा गिरावट आएको छ। माइक्रोफाइनान्स, जलविद्युत्, जीवन बीमा लगायतका क्षेत्रले समेत थोरै दबाब झेलेका छन्।
आइतबार सानिमा माई हाइड्रोपावरले सबैभन्दा धेरै ६० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार गर्यो ।
































