National life

झिलिमिली बत्तीमा विदेशी निर्भरता : नेपालबाट हरेक वर्ष करोडौं रुपैयाँ बग्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
530Shares
झिलिमिली बत्तीमा विदेशी निर्भरता : नेपालबाट हरेक वर्ष करोडौं रुपैयाँ बग्दै
ncell

काठमाडौँ । झिलिमिलीको चार्डको रूपमा चिनिने तिहारलगायतका चाडपर्वमा घर–सफा र सार्वजनिक स्थान उज्यालो बनाउन प्रयोग गरिने झिलिमिली बत्ती नेपालमै पर्याप्त मात्रामा उत्पादन हुन नसक्दा हरेक वर्ष करोडौँ रुपैयाँ बाहिरिने गरेको छ।

प्रमुख पर्वहरू तिहार, छठ, क्रिसमस, विवाह तथा विभिन्न सार्वजनिक कार्यक्रममा यो बत्तीको माग उच्च रहँदा आवश्यक आपूर्ति बाहिरी खरिदमै भर पर्ने अवस्था कायमै रहेको छ । चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा मात्रै करिब २६ करोड ८ लाख ७९ हजार ७९२ रुपैयाँ बराबरको विभिन्न डिजाइन र रङ्गका झिलिमिली बत्ती आयात भएको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८१र८२ मा मात्रै १ अर्ब ४३ करोड बराबरको ८० लाख ६८ हजार पिस झिलिमिली बत्ती आयात भएको थियो।

Royal Enfield
nic asia capital
पछिल्ला सात वर्षमा कुल करिब रु ६ अर्ब ४० करोड बराबरको बत्ती आयात भएको महासंघले जनाएको छ।

भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी २०८०/८१ मा रु १ अर्ब ७८ करोड ९२ लाख बराबरको ९९ लाख ५४ हजार ५ सय ४९ पिस झिलिमिली आयात भएको थियो ।

यो वर्ष असारदेखि उत्तरतर्फको प्रमुख नाका रसुवा र तातोपानी पूर्ण रूपमा अवरुद्ध हुँदा चीनतर्फबाट आउने ठुलो परिमाणका तयारी बत्ती रोकिन पुगेका थिए। त्यसकारण अहिले बजारमा कोलकाता बन्दरगाहबाट वीरगन्ज हुँदै आइपुगेका थोक परिमाणका बत्ती बिक्री वितरण भइरहेका छन्।

झिलिमिली बत्तीको कुल वार्षिक बिक्रीमा करिब ८०/८५ प्रतिशत भाग तिहार महिनामा खपत हुने गरेको महासंघले जनाएको छ। बाँकी माग छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय उत्सव, होटल–रेष्टुरेन्ट सजावट तथा विवाहजस्ता अवसरमा केन्द्रित हुने गरेका छन् ।  नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले स्थानीय उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण, प्राविधिक तालिम र गुणस्तर नियन्त्रण निर्देशिका मार्फत उत्पादनको मार्गचित्र तयार गर्न सरकारसँग माग गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?