National life

टेलिकमको स्पष्टीकरण: धर्ना बसेकाहरूसँग सरोकार रहँदैन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
480Shares
टेलिकमको स्पष्टीकरण: धर्ना बसेकाहरूसँग सरोकार रहँदैन
ncell

काठमाडौँ। नेपाल टेलिकमको कार्यालय प्राङ्गणबाहिर हाल केही व्यक्तिले धर्ना दिइरहेको विषयमा टेलिकमले आफ्नो धारणा सार्वजनिक गरेको छ। कम्पनीले आम सर्वसाधारण तथा आमसञ्चार माध्यममा समेत यसबारेमा केही भ्रम पर्न गएकोले स्पष्ट बनाउने प्रयास गरेको जानकारी दिएको छ ।

नेपाल टेलिकमले सेवा विस्तार, मर्मतसम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकताबमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम–कानुनबमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ।

सो सम्झौताको समयावधि वा तोकिएको कार्यविधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरूसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ। केही दिन पहिले सम्पन्न व्यवस्थाअनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ। यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गणबाहिर विभिन्न माग राखिरहेको अवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुने भएकाले यस कम्पनी अन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौँको सरसफाइको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ ।

यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवा प्रदायक कम्पनीका जनशक्तिहरूलाई कम्पनीको कार्यालयमा सरसफाइ सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?