National life

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, कमजोर बन्यो नेपाली रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ साउन २०८१, शनिबार
428Shares

काठमाडौँ । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अमेरिकी डलर महँगिएसँगै यता नेपाली रुपैयाँ कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंक अनुसार शनिवार अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १७ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो।

ncell
Royal Enfield
यसअघि असार ७ गते डलरको बिक्रीदर १३४ रुपैयाँ १५ पैसा पुगेको थियो। सो मूल्य भन्दा डलर २ पैसा महँगो भई आज नयाँ रेकर्ड बनाएको हो। यस दिन डलरको खरिददर भने १३३ रुपैयाँ ५७ पैसा रहेको छ।

डलरको भाउ महँगिँदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ।

डलरको भाउ महँगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महँगिँदा फाइदा भन्दा बेफाइदा बढी हुन्छ।

त्यस्तै आज युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रुपैयाँ १२ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा तोकिएको छ।

अस्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा रहेको नपाल राष्ट्रबैंकले जनाएको छ ।













nic asia capital



























































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.57134.17
EUR  (European Euro)1145.47146.12
GBP  (UK Pound Sterling)1172.62173.39
CHF  (Swiss Franc)1150.15150.82
AUD  (Australian Dollar)189.4489.84
CAD  (Canadian Dollar)197.4497.87
SGD  (Singapore Dollar)199.3599.80
JPY  (Japanese Yen)108.488.52
CNY  (Chinese Yuan)118.3718.46
SAR  (Saudi Arabian Riyal)135.6135.77
QAR  (Qatari Riyal)136.6336.79
THB  (Thai Baht)13.683.70
AED  (UAE Dirham)136.3736.53
MYR  (Malaysian Ringgit)128.4928.62
KRW  (South Korean Won)1009.629.67
SEK  (Swedish Kroner)112.5312.59
DKK  (Danish Kroner)119.5019.58
HKD  (Hong Kong Dollar)117.1017.18
KWD  (Kuwaity Dinar)1436.73438.69
BHD  (Bahrain Dinar)1354.34355.94

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?