काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै सो पदका लागि आवेदन माग गरेको हो ।
इच्छुक उम्मेदवारले अबको २१ दिनभित्र गोप्य सिलबन्दी दरखास्त पेस गर्न सक्नेछन् ।
यस पदका लागि आवेदन दिन उम्मेदवारले प्रशासन, व्यवस्थापन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।
साथै, उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ ।

































