National life

ढड्डा प्रणालीबाट डिजिटल युगमा राष्ट्रिय वाणिज्य बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
500Shares
ढड्डा प्रणालीबाट डिजिटल युगमा राष्ट्रिय वाणिज्य बैंक
ncell

काठमाडौं। ढड्डा प्रणालीबाट डिजिटल युगमा राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक बन्यो नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक भएको छ ।

२०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको बताँएको छ ।

नेपालका वाणिज्य बैंकहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसैसन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आईतबार साँझ सम्मानीत गरेको छ ।

Royal Enfield
nic asia capital

एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गर्नुभएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउनुहुँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताउनुभयो ।

बैंकले अन्तराष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित Core Banking Software भित्र्याउन IT Enhancement Roadmap अन्तर्गत कार्य समेत गरिरहेको उहाँले बताउनुभयो । उहाँले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गर्नुभएको छ।

साथै उहाँले बैंकको उपरोक्त प्रगतिकालागि सम्पूर्ण ग्राहकहरु, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैंंक, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गनुभयो । बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखामा सञ्चालनमा रहेका छन।

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?