National life

तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिँदै, भौतिक प्रगति ५९ प्रतिशत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
538Shares
तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिँदै, भौतिक प्रगति ५९ प्रतिशत
ncell

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

बर्खायामको समयमा सेतीनदीमा आउने बाढीका कारण थोरै निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माणका लागि क्रङ्क्रिटको काम नदी किनारमा बसेर गर्दा डाँडाबाट ढुङ्गा खस्ने हुँदा निर्माण प्रभावित भएको आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए।उनले भने, “आयोजनाको प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भएको छ, “वर्षा रोकिएपछि निर्माणले गति लिने छ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७८ भदौ १४ गते ठेक्का सम्झौता भइ काम भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ निर्माण गर्न सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।

त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते खरिद सम्झौता भइ विसं २०७५ फागुन १० देखि कार्यान्वयनमा आइसकेको छ ।

आयोजना निर्माणका लागि एसियाली विकास बैङ् (एडिबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर गरी ५० करोड ५० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ रासस

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?