National life

तरलता अभावको परिणाम : बजारबाट फेरि रकम खिच्दै राष्ट्र बैंक, आज ५० अर्ब उठाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
417Shares
तरलता अभावको परिणाम : बजारबाट फेरि रकम खिच्दै राष्ट्र बैंक, आज ५० अर्ब उठाउँदै
ncell

काठमाडौँ । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले बुधबार बजारबाट ५० अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् रकम खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

Royal Enfield
nic asia capital
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत् अपरान्ह ३ बजेभित्र आवेदन दिइसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

आवेदन दिँदा थोरैमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पूरै रकमसम्मको लागि आवेदन दिन सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?