National life

वाणिज्य बैंकहरूको प्रतिशेयर आम्दानी : कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
537Shares
वाणिज्य बैंकहरूको प्रतिशेयर आम्दानी : कुन बैंकको कति ?
ncell

काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८१/८२ को चौथो चौमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित विवरणअनुसार पाँच वटा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको तुलनामा घटेको छ । अन्य १५ वटा वाणिज्य बैंकको भने इपीएस बढेको छ ।

ईपीएसको हिसाबले एभरेष्ट बैंक ३७.९९ रुपैयाँसहित अग्र स्थानमा रहेको छ ।

Royal Enfield
nic asia capital
आर्थिक वर्ष २०८०/८१ को चौथो चौमासिकसम्ममा एभरेष्ट बैंकको इपीएस ३१.४७ रुपैयाँ थियो । बैंकको इपीएस गत आर्थिक वर्षमा ६.५२ रुपैयाँले बढेको हो ।

नेपाल बैंक लिमिटेडले २५.६८ रुपैयाँ ईपीएससहित सर्वाधिक वृद्धि देखाएको छ। अघिल्लो वर्षको ०.१९ रुपैयाँको तुलनामा यस वर्षको ईपीएसमा २५.४९ रुपैयाँले वृद्धि भएको हो । त्यस्तै, प्रभु बैंकले २.१७ रुपैयाँबाट २३.१२ रुपैयाँमा उक्लिँदै २०.९५ रुपैयाँको वृद्धि हासिल गरेको छ।

कृषि विकास बैंकको ईपीएस ९.०७ रुपैयाँले बढेर २७.६३ रुपैयाँ पुगेको छ भने माछापुच्छ्रे बैंकको ईपीएस ८.३२ रुपैयाँले बढेर १७.३१ रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंक (८.०९), एनएमबि बैंक (५.६५), लक्ष्मी सनराइज बैंक (३.८२), नबिल बैंक (३.४४) लगायतका बैंकको पनि सकारात्मक वृद्धि देखिएको छ।

एनआईसी एशिया बैंकको प्रति शेयर आम्दानी २.९६ बाट घटेर १.०८ रुपैयाँमा सीमित भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको इपीएस अघिल्लो वर्ष ३०.१७ रुपैयाँ रहेकामा यस वर्ष २५.६१ रुपैयाँमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?