National life
cg eloctronics

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड(भिडियो रिपोर्ट)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ वैशाख २०८२, सोमबार
652Shares
तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड(भिडियो रिपोर्ट)
ncell

काठमाडौं । तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यति होटलमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन् ।

तोक्मा टेक्नोलोजीजले अल इन वान एप अर्थात सुपर एपको रूपमा तोक्मा र एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड जीकार्ड ल्याएको हो ।

कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्डले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

"यी प्रडक्टले डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान दिने छन् । यसले थुप्रै रोजगारीका अवसर समेत सिर्जना गर्नेछ," घिसिङले भने, "यस्ता प्रविधिले दैनिक कामलाई पनि छरितो बनाउँछ । त्यसैले तपाईहरू पनि प्रयोग गर्नुहोस् ।"

भिडियो रिपोर्ट तल दिएको लिंक क्लिक गरेर हेर्न सक्नु हुनेछ

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड(भिडियो )

तोक्मा टेक्नोलोजीका सह-संस्थापक सञ्चमान राईले ३ वर्षको अनुसन्धान गरेर प्रडक्ट ल्याएको जानकारी दिँदै सुझाव अनुसार परिवर्तन गर्दै जाने बताए ।

त्यस्तै तोक्मा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सागर आङ्गदेम्बेले तोक्मा एप र जीकार्ड एउटा प्रविधि मात्र नभएर देश परिवर्तनको संवाहक भएको उल्लेख गरे ।

शहरी यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुबेर नेपालीले सार्वजनिक यातायातको क्षेत्रमा राइड शेयरिङ अनिवार्य र सहजता भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै क्यान महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले आजको युगमा इन्नोभेसन अनिवार्य भएको बताए ।

"हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ नवप्रवर्तन विकल्प होइन । अनिवार्यता हो," उनले भने, "अब स्टार्टअपहरू केवल साना व्यवसाय होइनन् । आशा, सम्भावना, नेतृत्व र डिजिटल नेपालका संवाहक हुन् ।"

त्यसैगरी तोक्मामा ब्राण्ड एमबास्डर विल्सन विक्रम राईले स्वदेशी प्रविधि प्रयोग गर्न सबैलाई आग्रह गरे ।

nic asia capital

तोक्मा एपमा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा रहेका छन् । जीकार्डले भौतिक रूपमा भिजिटिङ कार्ड बोकेर हिड्नुपर्ने बाध्यतालाई जीकार्डले अन्त्य गर्नेछ ।

जीकार्ड भएपछि एनएफसी सपोर्ट गर्ने मोबाइलमा ट्याप गरेर आफ्नो व्यक्तिगत र व्यावसायिक विवरण सजिलै शेयर गर्न सकिने छ । साथै आफ्नो आवश्यकता अनुसार जिकार्डमा विवरण पनि परिवर्तन सकिने छ । यसले वातावरणलाई जोगाउन पनि सहयोग गर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?