National life

दशैंलाई लक्षित गर्दै सामसङ नेपालद्वारा फोल्डेबल फोनको मूल्यमा कटौती

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
1.1kShares
दशैंलाई लक्षित गर्दै सामसङ नेपालद्वारा फोल्डेबल फोनको मूल्यमा कटौती
ncell

काठमाडौं । दशैं पर्वलाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को मूल्य घटाएको छ। कम्पनीले विशेष अफरमार्फत यी फोनहरूलाई पहिलेभन्दा धेरै सुलभ मूल्यमा उपलब्ध गराएको छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले रूपान्तरणकारी प्रविधि सबैको पहुँचमा हुनुपर्ने बताए।

Royal Enfield
nic asia capital
उनले भने, “यस दशैंमा हामीले विशेष मूल्यसहित सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव गर्न निम्तो दिएका छौं। प्रियजनहरूसँग जडानका क्षणहरूलाई सक्षम पार्न पाउनुमा हामीलाई गर्व छ।”

ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ खरिद गर्दा अधिकतम ५० हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन्।

मोडेल अघिल्लो मूल्य नयाँ मूल्य क्यासब्याक
जेड फोल्ड६ (१२+५१२ जीबी) २,२९,९९९ १,७९,९९९ ५०,०००
जेड फोल्ड६ (१२+२५६ जीबी) २,१४,९९९ १,६४,९९९ ५०,०००
जेड फ्लिप६ (१२+२५६ जीबी) १,३९,९९९ ९९,९९९ ४०,०००

यसका साथै, सामसङका प्रमाणित स्टोरहरूमा सामसङ इन्स्टा फाइनान्स सेवामार्फत यी फोनहरूलाई ०% ब्याजदरमा सजिलो ईएमआई योजनामा खरिद गर्न सकिनेछ। यस योजनाअन्तर्गत १८ महिनासम्मको यन्त्र बीमा सुविधा पनि उपलब्ध हुनेछ। ईएमआई प्रक्रिया सहज बनाउन केवल नागरिकता प्रमाणपत्र आवश्यक पर्ने कम्पनीले जनाएको छ।












यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?