National life

धरहराबाट असारसम्म चार करोड ८३ लाख रुपैयाँ भन्दा बढी  राजस्व सकंलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
468Shares
धरहराबाट असारसम्म चार करोड ८३ लाख रुपैयाँ भन्दा बढी  राजस्व सकंलन
ncell

काठमाडौँ । भूकम्पले पूर्ण रूपमा क्षति पुगेपछि पुनर्निर्माण भएर सञ्चालनमा आएको धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा धेरै राजस्व संकलन भएको छ।

गएको मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

यस अवधिमा दुई लाख ६२ हजार पाँच सय ५५ जनाले धरहराको अवलोकन गरेका छन्। हप्ताको एक दिन बुधवार बन्द हुनेबाहेक अन्य दिन दैनिक झन्डै एक हजार दुई सय जनाले धरहरा चढ्ने गरेका छन् ।

Royal Enfield
nic asia capital

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?